सञ्चार गृहमै पत्रकारमाथि आक्रमण गर्नेलाई कारवाही गर्न पत्रकार महासंघ कैलालीको माग

सञ्चार गृहमै पत्रकारमाथि आक्रमण गर्नेलाई कारवाही गर्न पत्रकार महासंघ कैलालीको माग

धनगढी : समाचारको विषयलाई लिएर धनगढी स्थित दिनेश सञ्चा गृहको कार्यकक्षमै गएर अज्ञात समुहले पत्रकार माथी कुटपिट गरेको घटनप्रति नेपाल पत्रकार महाँसंघ कैलाली शाखाले गम्भिर आपत्ति जनाउँदै दोसीलाई कडा कारवाहीको माग गरेको छ ।

समाचारको विषयमा विमति भए कानूनी कारवाहीको मार्ग हुदाहुँदौ समाचार कक्षमै गएर पत्रकारलाई कुटपिट गरी प्रस स्वतन्त्रता अभिव्यक्ति तथा सिंगो पत्रकार माथी आक्रमण गरेको महाँसंघ कैलालीका सचिव मिन ठकुरीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

साथै समाचारको विषयलाई लिएर सञ्चार गृहमै पत्रकारमाथी कृटपिट भएको घटनामा संलग्न जोकोहीलाई तत्काल पक्राउ गरी कडा कारवाही गर्न महासंघले माग गरेको छ ।

प्रहरी हिरासत भित्र युवकले आत्महत्या गरे भन्ने विषयमा प्रकाशित समाचारका विषयको बिषय बनाएर सञ्चार गृहमै गएर १५÷२० जना युवा समूहले गृहका सहसम्पादक जनकसिंह विष्ट लगायतका पत्रकारहरुमाथि आक्रमण गरेका थिए ।