नेपालमा पछिल्लो २४ घण्टामा ९७२ जनाले ‘जिते’ कोरोना

नेपालमा पछिल्लो २४ घण्टामा ९७२ जनाले ‘जिते’ कोरोना

पछिल्लो २४ घण्टामा थप  ९७२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३६ हजार ६७२ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि विहीबार तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३५ हजार ७०० थियो ।

मन्त्रालयका अनुसार विहीबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३१७ पुगेको थियो । सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ रहेको मन्त्रालयले जनाएको छ ।