नेपालमा कोरोनाले आज थप ५ संक्रमितको मृत्यु

नेपालमा कोरोनाले आज थप ५ संक्रमितको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमार्फत ५ जना संक्रमितको मृत्यु भएको पुष्टि गरेको हो ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३२२ पुगेको छ । बिहीबार १ महिला र ४ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । त्यस्तै बुधबार ६ जना संक्रमितले ज्यान गुमाएका थिए ।