सुदूरपश्चिमाञ्चल क्याम्पसले गर्‍यो कर्मचारीको कोरोना विमा

सुदूरपश्चिमाञ्चल क्याम्पसले गर्‍यो कर्मचारीको कोरोना विमा

धनगढी । सुदूरपश्चिमाञ्चल क्याम्पस (एसपिए) ले शिक्षक तथा कर्मचारीको कोरोना विमा गरेको छ । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसले पार्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै क्याम्पसले संस्थामा कार्यरत ५० जना कर्मचारीको कोरोना विमा गरेको हो ।

क्याम्पसका प्रबन्ध निर्देशक सुवास शाहीले क्याम्पसमा कार्यरत शिक्षक र अन्य कर्मचारी सहित ५० जनाको कोरोना विमा गरेको जानकारी दिए ।

उनले शिक्षक तथा अन्य कर्मचारीको मनोबल उच्च पार्न र कोरोना संक्रमण भईहाल्यो भने पनि उपचारमा सजिलो होस भन्दै १ लाखको कोरोना विमा गरेको बताए ।

साथै सुदूरपश्चिमकै नमुनाका रुपमा स्थापित यस क्याम्पसले हरेक बर्ष उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ ।