पत्रकार महासंघ सुदूरपश्चिमद्धारा पत्रकारमाथि आक्रमण गर्नेलाई कडा कारवाहीको माग

पत्रकार महासंघ सुदूरपश्चिमद्धारा पत्रकारमाथि आक्रमण गर्नेलाई कडा कारवाहीको माग

धनगढी : नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले सञ्चार गृहमै प्रवेश गरी पत्रकारमाथि भएको सांघातिक आक्रमणको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ। लगातार सञ्चारकर्मीमाथि भइरहेका आक्रमण प्रेस स्वतन्त्रतामाथिको हमला भएको भन्दै महासंघले विज्ञप्ति जारी गरी आक्रमणकारीलाई तत्काल कारवाहीको माग गरेको छ। 

पत्रकार महासंघ सुदूरपश्चिमका महासचिव योगेश रावलद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनीएको छ, समाचारको विषयमा कुनै विमती भए आफ्नो धारण राख्ने कानुनी बाटो हुँदाहुँदै केहि उच्छृङकल व्यक्तिहरुले समाचार कक्षभित्रै प्रवेश गरी पत्रकारमाथि कुटपिट गरेको घटना सिङ्गो प्रेस जगतका लागि निकै असह्य घटना हो । हामी समाचार कक्षमै प्रवेश गरी पत्रकार तथा सञ्चार गृहमाथि अक्रमणमा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी कडा भन्दा कडा कारवाही गर्न प्रशासनसँग माग गर्दछौ।’

साथै महासंघले घटनामा संलग्न दोषीलाई कारवाहीमा ढिलासुस्ती गरे आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ।