डडेल्धुरामा गरिएको परिक्षणमा थप २ जनामा कोरोना पुष्टि

डडेल्धुरामा गरिएको परिक्षणमा थप २ जनामा कोरोना पुष्टि

धनगढी : डडेल्धुरा अस्पतालमा गरिएको परिक्षणमा थप दुई जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टमा परिक्षण भएका १५२ नमुनाहरुमध्ये २ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भूषालले पछिल्लो २४ घण्टामा १५२ जनाको कोरोना परिक्षण भएको र दुई जनामा संक्रमण देखिएको जानकारी दिए ।

उनले डडेल्धुराको परशुराम नगरपालिका वडा नम्बर ६ का दुईजनामा कोरोना पोजेटिभ देखिएको बताए । अन्य १५० जनाको कोरोना परिक्षण रिपोर्ट भने नेगेटिभ आएको छ ।