धनगढीका सडक कुकुरको भोको पेट भर्दै  ‘स्ट्रीट पव्ज’, हप्ताको दुइ दिन खाना खुवाउदै

धनगढीका सडक कुकुरको भोको पेट भर्दै  ‘स्ट्रीट पव्ज’, हप्ताको दुइ दिन खाना खुवाउदै

धनगढी । 
धनगढीका सडकहरुमा वेसाहारा बनी लकडाउन र निषेधाज्ञाको समयमा भोकले तड्पिरहेका कुकुरलाई स्ट्रीट पव्जले खाना खुवाउने कार्यक्रम सुरु गरेको छ । स्ट्रीट पव्ज  वेसाहारा कुकुरको साहारा बन्दै आएको एक सामाजिक कार्यमा अग्रसर संस्था हो । एक हप्तामा दुई दिन खाना खुवाउने गरी  र केही युवा समाजसेवीको सहभागीतामा कार्य अगाडी बढी रहेको स्ट्रीट पव्ज धनगढीकी सञ्चालीका रितिका गुरुङले  जानकारी दिनुभयो । 
धनगढीका भिभिन्न ठाउँमा छाडा रुपमा भौतारी रहेका कुकुरलाई हप्ताको दुई दिन खाना खुवाइरहेको स्ट्रीट पव्जले  केहि समय अगाडी रात्रीकालिन सडक दुर्घटना न्युनिकरणका लागि केही हद सम्म भए पनि सहयोग होस भन्ने उदेद्दयले धनगढीका सडकमा बास बस्ने छाडा पशु चौपाया र कुकुरलाई  ‘लाइट रिफ्लेक्टिङ बेल्ट’ बाध्ने कार्य समेत गरेको थियो । सडकमा भौतारी रहेका कुकुरलाई खोजी खोजी खाना खुवाउनु एउटा कठिक कार्य हो ।रितिका गुरुङले आफ्नै निवासमा कार्यालय खोलेर वेवारिसे अवस्थामा सडकमा अलपत्र परेका कुकुरको उपचार गर्ने स्याहा सुसार गर्ने कार्य गरिरहेकी छिन ।

सडकमा भौतारी रहेका बेवारिसे कुकुरलाई लगेर उपचार गर्नु निकै चुनौतिपूर्ण कार्य भएको र आगामी दिनहरुमा यस कार्यलाई अझै बढी प्रभावकारी बनाउदै लैजाने सञ्चालीका गरुङले बताउनु भयो ।

संचालिका गुरुङले यो कार्य चुनौती पुर्ण भएपनि  आउदा दिनहरुमा यस सस्थालाइ अझै प्रभावकारी यवम वेवारिसे कुकुरका बच्चा मात्र नभइ वेवारिसे वयस्क सडक कुकुरहरुलाइ समेत उद्धार गरि  कुकुरलाई छाना र खानाको व्यवस्था गर्न ठोस कदम चाल्दै अघि बढ्ने सोच बनाएको र सम्पुर्णको सहयोग मार्फत यो पुरा हुने बताईन साथै यस मानविय कार्य प्रती सम्पुर्ण समाज सेबि,बुद्धिजीवी व्यक्तित्वहरुलाई हातेमालो गर्दै अघि बढ्न सहयात्रा र सहयोग गर्नका लागि ९८६८४०४८७३ मा सम्पर्क गर्न समेत अपिल गरेकीछिन ।