हेर हरेक चिजको आफ्नै सीमा हुन्छ

हेर हरेक चिजको आफ्नै सीमा हुन्छ

हेर हरेक चिजको आफ्नै सीमा हुन्छ।
अध्यारोको पनि आफ्नै महीमा हुन्छ।

राम्ररी बुझेको मैले पनि मूल्य असुली,
चुक्ता काँ घर जलेको खरानीमा हुन्छ।

जवानी सडकमा ख्याल नगरी खर्चिए,
कसरी भविष्य आफ्नै बर्बादीमा हुन्छ।

जुवामा द्रौपतीको मूल्य तोकिए झैँ हो,
देशका युवाको मूल्य न खाँडीमा हुन्छ।

जरुरत बनेको जिन्दगी नत्र बुझेको छुँ
अर्कैले किनेको कात्रो मलामीमा हुन्छ।