यसरी जिन्दगी कसरी खलबलाउन पाउँछौ

यसरी जिन्दगी कसरी खलबलाउन पाउँछौ

यसरी जिन्दगी कसरी खलबलाउन पाउँछौ?
पुराना याद कसरी तिमीले जलाउन पाउँछौ?

गमलाको फूल झैँ भएछौ ए जिन्दगी तिमी,
न रहरले सुक्न पाउँछौ न पलाउन पाउँछौ?

भुलाएर वा लगेर जाउ पुराना ती यादहरू,
यसरी झस्काउन मात्रै कहाँ आउन पाउंँछौ?

अब हिसाब मिलान गर्नु छ ती चोटहरूको
तिमीले बार-बार काँ छुरा चलाउन पाउँछौ?

जिम्मेवारीले पटक-पट्क सम्झाइ हरन्छ,
धर्म डगमगाएर के मन बहलाउन पाउँछौ?