हरेक नागरिकले पोषण पाउने गरी खाने छ।
लाग्छ त्यो भोक पनि लजाउने गरी खाने छ।
मन्त्री बोल्यो सरकारको भाषण गरेर मजाले
उसले भन्यो मञ्चबाट अघाउने गरी खाने छ।
मैले सोचे जनताको कुरा भनेको होला भनेर
यो रहेछ नेताले लाज पाचाउने गरी खाने छ।
यति थाहा पाएको भए सायद किन पठाउथे,
मौका मिले सरम पनि सर्माउने गरी खाने छ।
ती सडक पेटीका मजदुर भोकै जस्ता देख्छु,
पाए ऊ भोक नजिक नआउने गरी खाने छ।