छ  सत्ता  उसैको  छ  हाली  मुहाली

छ  सत्ता  उसैको  छ  हाली  मुहाली

छ  सत्ता  उसैको  छ  हाली  मुहाली।
छ जो मस्त फुक्का फटाहा र जाली।

छ  भोकाहरू  को  भएको  बिचल्ली,
न  खाने  कुरा भो  छ  यो  पेट खाली।

न  देखिन्छ  ऊर्जा न चम्किन्छ  मुद्रा,
कि  रोगी  भयौ   खै  नपाएर   ताली।

न  उस्ले   भनेको  न   तिम्ले  सुनेछौ,
न  मै   आउने  हो   बजाएर   झ्याली।

नसोच्नू   कुनै   काम   पाए  भने   झैँ,
उसैको  छ  मौका  छ भान्जा र साली।

भयो  के   अनौठो   भनी   बुझ्नु   मैले,
र  देखेँ   सुके  झैँ   छ  यो  फूल  डाली।