तिमीलाई जनता भन्दा त्यो सत्ता प्यारो भएपछि

तिमीलाई जनता भन्दा त्यो सत्ता प्यारो भएपछि

तिमीलाई जनता भन्दा त्यो सत्ता प्यारो भएपछि। 
देश छोडदैछ ऊ घरमा छाक टार्न गाह्रो भएपछि।

ऊ आत्महत्या गर्ने निर्णय गर्न बाध्य भयो होला,
यो देशमा मृत्यु भन्दा जीवन अप्ठ्यारो भएपछि। 

घर छोडेर कामको खोजीमा हिडेको होला सायद,
फर्किएको छैन घर भन्दा सजिलो चौतारो भएपछि।

महामारीले नलगे पक्कै भेट होला सोची बसेको छुँ,
आउने छ मेरो प्रतिनिधि चुनाबको चटारो भएपछि।

कर तिर्न नसकेर पसल बेच्ने तयारीमा छ ब्यापारी,
बैङ्कको ऋण भन्दा बढी गाउँमा उधारो भएपछी।