हुन्छ के ब्यर्थ रोएर आँखिर मान्छे मरेपछि।
फालिन्छ गमला घरको फूल वैली झरेपछि।
उडछ उफ्रिन्छ थाक्छ अनि पो के गर्छ हेर्नू,
फर्किनेछ यात्री घर झमक्क साँझ परेपछि।
भाग्यले पनि हार्ने छ तिम्रो कर्म गराइ हो,
सफलता कहाँ पो भाग्ला के हुन्न र गरेपछि।
जे रोप्यो त्यहीँ उम्रन्छ आशा ब्यर्थ निरर्थक,
अमिलो किन उम्रेला बिउँ सुन्तला छरेपछि।
यात्रा साहसको गर्नु बोक्नु हिम्मत साथमा,
छाँयाले पनि तर्साउछ अध्यारोमा डरेपछि।
अप्ठेरो पथमा लौरी काम लाग्न सक्छ तर,
लौरी बिर्सिन्छ मान्छेले सधैं खोला तरेपछि।