विश्वभर कोरोनाः २४ घण्टामा थपिए २ लाख ४३ हजार, भारतमामात्र ९३ हजार

विश्वभर कोरोनाः २४ घण्टामा थपिए २ लाख ४३ हजार, भारतमामात्र ९३ हजार

काठमाडौं।

विश्वभर गत २४ घण्टामा २ लाख ४३ हजार ९ सय बढी कोरोनाका संक्रमितहरु थपिएका छन्। वर्ल्डाेमिटरको अथ्याङ्क अनुसार भारतमा मात्र ९३ हजार २ सय बढी कोरोनाका संक्रमितहरु गत २४ घण्टामा थपिएका हुन्।

भारतमा गत २४ घण्टामा थपिएका ९३ हजारपछि कोरोना संक्रमितको संख्या ४८ लाख ४५ हजार पुगेको छ। हालसम्म भारतमा ७९ हजार ७ सय बढीको मृत्यु भएको छ भने गत २४ घण्टामा मात्र कोरोनाका कारण १ हजार १ सय बढीले ज्यान गुमाएका छन्।

यस्तै, ६७ लाख ८ हजार ४ सय बढी कोरोना संक्रमितको संख्या पुगेको अमेरिकामा गत २४ घण्टामा ३१ हजार ८ सय बढी नयाँ संक्रमितहरु थपिएका छन्। कोरोनाका कारण अमेरिकामा हालसम्म १ लाख ९८ हजार ५ सय जनाले ज्यान समेत गुमाएका छन्। गत २४ घण्टामा मात्र अमेरिकामा करिव ४ सयले ज्यान गुमाएका छन्।

ब्राजिलमा पनि कोरोना संक्रमित थपिनेको दर भारत र अमेरिका बाहेक उच्च स्थानमा रहेको छ। ब्राजिलमा कोरोना संक्रमित हुनेको संख्या ४३ लाख ३० हजार पुगेको छ। गत २४ घण्टामा ब्राजिलमा १४ हजार ५ सय बढी नयाँ कोरोनाका संक्रमितहरु थपिएका छन्। हालसम्म ब्राजिलमा १ लाख ३१ हजार बढीले ज्यान गुमाएका छन् भने गत २४ घण्टामा मात्र करिव ४ सयले कोरोनाका कारण ज्यान गुमाए।

ब्राजिलपछि अर्जेन्टीनामा गत २४ घण्टामा ९ हजार कोरोनाका संक्रमितहरु थपिएका छन्। करिव ११ हजारले कोरोनाका कारण ज्यान गुमाएको अर्जेन्टीनामा ५ लाख ५५ हजार ५ सय बढी कोरोनाका संक्रमितहरु रहेका छन्।

यसैगरी, कोलोम्बीया र फ्रान्समा ७ हजार बढी कोरोनाका संक्रमितहरु गत २४ घण्टामा थपिएका छन। पेरुमा ६ हजार बढी, मेक्सीको र रसियामा ५ हजार बढी कोरोनाका संक्रमितहरु गत २४ घण्टामा थपिएको तथ्यांकले जनाएको छ।

इन्डोनेसिया, इराक, फिलिपिन्स र यूकेमा ३ हजार बढीको दरले कोरोनाका संक्रमितहरु थपिएका छन भने, इजराइल, यूक्रेन, मोरोक्को र इरानमा २ हजार बढीका दरले कोरोनाका संक्रमितहरु थपिएका छन।

यस्तै, १ हजार बढी कोरोनाका संक्रमितहरु थपिने देशहरुमा नेपाल, नेदरल्याण्ड, रोमानीया, ओमन, इटाली, बंगलादेश, दक्षिण अफ्रिका र टर्कि रहेका छन्।