प्यारालाईसिस भएका धामिको घरमा औषधि लगेर पुगे समाजसेवी ओझा

प्यारालाईसिस भएका धामिको घरमा औषधि लगेर पुगे समाजसेवी ओझा

कञ्चनपुर : कंचनपुरको वेदकोट नगरपालिका ७ गाउजीमा प्यारालाईसिसका कारण अपांग जीवन बिताईरहेका १८ वर्षीय नरेश धामीको घरमा नेपाली काङ्ग्रेस महासमिति सदस्य एवं समाजसेवी हेमराज ओझा औषधि लगेर पुगेका हुन ।

तीन वर्षदेखि प्यारालाईसिस भई अपांग रहेका धामीको विभिन्न ठाउँमा लगेर उपचार  गराएको भएतापनी उनको स्वास्थ्य अवस्थामा केही सुधार आएको छैन । उपचारका क्रममा अलिकती केही सुधार भएको थियो तर नेपाल सरकारले लागू गरेको लकडाउन र सिमानाका बन्दका कारण भारतबाट औषधि ल्याउन नसकेपछी छोराको स्वास्थ अवस्था फेरि बिगृएको छ । 

"आर्थिक अवस्था दयनीय भएतापनी जेनतेन गरि छोराको उपचार खर्च जुटाएको थिए ।" उनका बुवा लक्ष्मण धामीले भने ; म सङ्ग भएको तेहि ५ कट्ठा जमिन पनि बैंकमा धितो रहेको छ तर छोराको हालत भने त्यही छ ।" 

उपचार गरेर घरमा ल्याउदा  छोराले साईकल सम्म चलाएर अलि यताउता गर्नसक्ने भएको बेला छोरा ठिक भएको महसुस हुदा ज्यादै खुशी भएको उनले बताए। अब उपचारका लागि आफू सङ्ग आर्थिक स्रोत पनि नभएका कारण छोराको उपचारका लागि उनले  सबैलाई अपिल समेत गरेका छ्न । 

धामी परिवारको एक्लो छोरा नरेश प्यारालाईसिस भएको तर औषधि उपचार नपाएर स्वास्थ्य अवस्था बिग्रेको खबर सुनेपछी समाजसेवी ओझा उनको घरमा औषधि लिएर पुगेका थिए ।  काङ्ग्रेस नेता ओझाले समय समयमा विभिन्न सामाजिक कार्यहरु गर्दै आएका छ्न ।

आफू सङ्ग भएको निजि गाडी मार्फत स्वयं उपस्थित भई समाजमा रहेका असहाय र गरिबहरुका लागि निशुल्क सेवा गर्दै आईरहेका छ्न । काङ्ग्रेस नेता ओझाले अनाथ असहाय बालबालिकालाई निशुल्क पठनपाठन लगायत खानबस्नको समेत व्यवस्थापन गरेको उनी बताउछन ।

उनले अर्काको पसलमा काम गरिरहेको अवस्था  एक ८ वर्षीय अनाथ बालकलाई घरमा ल्याई लत्ताकपडा, खानबस्न लगायतको व्यवस्था गरि पठनपाठन गराईरहेको समेत उनले बताए । काङ्ग्रेस नेता ओझाले धामी परिवारको आर्थिक अवस्था दयनीय भएका कारण नरेशको उपचारका लागि सहयोग गरिदिन सबैसङ्ग  अनुरोध गरेका छ्न ।