विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त

उर्जा  मन्त्रालयले नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइरालालाई नियुक्त गरेको छ। 

कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएसँगै उर्जामन्त्री वर्षमान पुनले कोइरालालाई  निमित्त कार्यकारी निर्देशक नियुक्त गरेका हुन् । 

१२ तहका कर्मचारी कोइरालालाई बरिष्ठताका आधारमा निमित्त कार्यकारी तोकिएको मन्त्रालय स्रोतले बताएको छ । 

घिसिङ  ४ वर्षे कार्यकाल पूरा गरी प्राधिकरणबाट विदा भएका थिए । देशमा दैनिक १८ घण्टासम्म लोडसेडिङ भएको अबस्थामा प्राधिकरण सम्हालेका घिसिङले लोडसेडिङ अन्त्य गर्नुका साथै घाटाका रहेको प्राधिकरणलाई नाफामा लगेका थिए ।