जयपृथ्वी नगरपालीकाका एक वडाध्यक्षको श्रीमतीलाई दोहोरो सुविधा

जयपृथ्वी नगरपालीकाका एक वडाध्यक्षको श्रीमतीलाई दोहोरो सुविधा

बझाङ : जयपृथ्वी नगरपालिका नम्बर ५ का वडाध्यक्ष डम्बर सिहंकी श्रीमतीले दोहोरो सुविधा लिएको भेटिएको छ । वडाध्यक्ष सिहंकि श्रीमती लक्ष्मी देवी सिह स्थानिय ऋषिकुण्ड आधारभुत विद्यायमा शिक्षकको रुपमा कार्यरत रहेकी छन ।

लक्ष्मी लुयाटा स्थास्थ चौकी अन्र्तगतको महिला स्वास्थ स्वयमसेविकाका पनि हुन । वडाध्यक्ष सिहंकी श्रीमती लक्ष्मी देवि सिहंले विगत लामो समय देखि नै दोहोरो सुविधा लिइरहेको पाईएको छ । एउटा व्यक्तिले दोहोरो सरकारी सुविधा लिन नपाउने व्यवस्था छ ।

दोहोरो सुविधा लिन नपाउने व्यवस्था भएपनि वडाध्यक्षले राजनैतिक शक्तिको आडमा श्रीमतीलाई दोहोरो सुविधा दिईरहेको स्थानियको भनाई छ । स्थानियले दोहोरो सुविधा लिन नपाउने भन्दै बारम्बार बिरोध जनाए पनि वडाध्यक्ष सिहंले श्रीमतीलाई दोहोरो सुविधा दिई रहेका छन् ।

दोहोरो सुविधा लिएको भन्दै जयपृथ्वी नगरपालिकामा स्थानियको उजुरी समेत परेको थियो । नगरपालिकाले दोहोरो सुविधा लिएको सत्यतथ्य केहो राय पेश गर्न लुयटा स्वास्थ्य चौकीलाई परिपत्र गरेको थियो । नगरपालिकामा उजुरी परेको दुई महिना बितिसक्दा समेत वडाध्यक्ष सिहंकी श्रीमतीले दोहोरो सरकारी सुविधा उपभोग गरिरहेकी छन ।

वडाध्यक्ष सिह स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेस बाट निर्वाचित भयका हुन । राजपैतिक पावरको भरमा आफ्नै श्रीमतीलाई दोहोरी सरकारी सुविधा उपभोग गर्न दिएको र वडाका अन्य योजनाहरु समेत राजनैतिक आस्थाका आधारमा वितरण गर्ने गरेको स्थानिएको आरोप छ ।

यस विषयमा वडाध्यक्ष सिहंले भने स्वयमसेविका बाट हटाउन परिपत्र आईसकेकोले अबको केहिदिन भित्रै महिला स्वास्थ्य स्वंयम सेविकाको पदबाट राजिनामा दिने बताउनुभयो । सिहका अनुसार गाउँमा आमा समुहको बैठक बसाली सकेको र स्वयमसेविका छनौट भय लगत्तै महिला स्वास्थ्य स्वंयम सेविकाको पदबाट राजिनामा हुने छ ।