नेपाली फिल्म 'जुनुको जुत्ता' 'उपसला सर्ट फिल्म फेस्टिभल'मा

नेपाली फिल्म 'जुनुको जुत्ता' 'उपसला सर्ट फिल्म फेस्टिभल'मा

 नेपाली सर्ट फिल्म 'जुनुको जुत्ता' स्वीडेनको प्रतिष्ठित फिल्म फेस्टिभलमा प्रदर्शनको लागि छानिएको छ। सन् १९८२ देखि निरन्तर हुँदै आएको 'उपसला सर्ट फिल्म फेस्टिभल'मा फिल्म देखाइन लागेको हो।

निर्देशक केदार श्रेष्ठले फिल्म छनौट भएको बारे जानकारी दिएका हुन्।  

अक्टोबर १९ देखि सुरु हुने फेस्टिभल पाँच दिन लामो चल्नेछ। फेस्टिभलमा नेपालबाट छानिएको 'जुनुको जुत्ता' एउटा मात्र फिल्म हो। उक्त फिल्म 'चिल्ड्रेन्स फिल्म' अन्तर्गत प्रतिस्पर्धामा छ। भारतबाट सोहरब हुरा निर्देशित 'बीटर स्वीट' छनौट भएको छ।

फेस्टिभलमा ६१ देशका करिव १३० फिल्म देखाइनेछ।

जुनुकव जुत्ता यसअघि इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल ओवरहोउसेन, लस एन्जेल्स इन्टरनेशनल फिल्म फेस्टिभल लगायतमा प्रदर्शन भइसकेको छ।

‘जुनुको जुत्ता’ जुत्ता’ चप्पल उल्टो लगाउने सानी नानीको कथा हो। उनको वरिपरीका आमा, शिक्षक लगायतबाट चप्पल ‘सुल्टो’ नलगाउँदा गाली पाउँछिन्। र, चप्पल उल्टो नलगाउने उपायको खोजीमा लाग्छिन्।

फिल्ममा ५ वर्षीय हिस्सी लामा, याङ्जी लामा शेर्पा, पासाङ ल्हमू लामा, खड्क कुमारी लगायतको अभिनय छ।