अभिनेत्री प्रियंकाले लगाएको लुगाको मूल्य सुन्दा उड्छ होश

अभिनेत्री प्रियंकाले लगाएको लुगाको मूल्य सुन्दा उड्छ होश

अभिनेत्री प्रियंका चोपडा महंगा डिजाइनर कपडामा प्रायः देखिइरहेकी हुन्छिन् । उनले बोक्ने हाते झोलादेखि लगाउने वस्त्रसम्म सबै निकै महंगा हुन्छन् । 

केही समयअघि ग्राम्मी पुरस्कार समारोहमा उनले लगाएको एक वस्त्रको खुबै चर्चा भयो । एक त त्यस वस्त्रले प्रियंकाका वक्षस्थलको राम्रै प्रदर्शन गरेको थियो । तर त्यसभन्दा पनि त्यसको मूल्य सुन्दा चाहिँ धेरैको होश उड्यो । 

पति निक जोनासले सामान्य सुट लगाउँदा प्रियंकाले चाहिँ राल्फ यान्ड रुस्सो डिजाइनरद्वयको एक करोड रुपैयाँ पर्ने लुगा लगाएकी थिइन् । उक्त वस्त्रको नेकलाइन निकै तल बेलीबटमसम्म पुगेकाले प्रियंकाको वक्षस्थल राम्रैसँग देखिएको थियो । 

फेशन समीक्षकले वस्त्रका विषयमा मिश्रित प्रतिक्रिया दिए । उक्त वस्त्रसँगै उनले लोरेन स्वार्ज गहना र सामान्य मेकअप लगाएकी थिइन् । 

प्रियंकाकी आमा मधुले आलोचकहरूलाई प्रियंका आफ्नो शरीरका बारेमा निर्णय स्वतन्त्र रहेको भन्दै मुखभरिको जवाफ दिएकी थिइन् ।