ब्रेकअप पीडामा कक्कड

ब्रेकअप पीडामा कक्कड

रियालिटी सोबाट आफ्नो करिअर सुरु गरेकी गायिका नेहा कक्कड अहिले आफैँ निर्णायकको रूपमा व्यस्त छिन् । हालै एक रियालिटी सोमा उनले आफू सम्बन्धमा भएको खुलाएकी थिइन् । ‘इन्डियन आइडल’को मञ्चमा कलाकार हिमांश कोहली र उनले सम्बन्धबारे खुलाएकी थिइन् । तर, अब भने यो समाचार दुःखद बनेको छ ।

खबरअनुसार नेहा र हिमांशको ब्रेकअप भएको छ । यो खबर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो कुरा त्यतिवेला थाहा भयो, जब उनीहरूले सामाजिक सञ्जालमा एक–अर्कालाई अनफलो गरिदिए । यसलाई लिएर यी दुईको सम्बन्धमा दरार आएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

केही समयअघि एउटा लाइभ कन्सर्टमा नेहाको प्रस्तुति निकै रुचाइयो । सो कन्सर्टको भिडलाई पुलिसले रोक्न सकेन । भिडमा भागादौड चल्यो । तर, उक्त कन्सर्टको दुई दिनपछि उनीहरूले एक–अर्कालाई अनफलो गरेका हुन् । उनीहरू ६ महिनाअघिदेखि प्रेममा थिए ।