नेपालको संविधान जारी भएको आज पाँच बर्ष पूरा

नेपालको संविधान जारी भएको आज पाँच बर्ष पूरा

काठमाडौं- नेपालको संविधान जारी भएको आज पाँच बर्ष पूरा भएको छ । संविधान दिवस हर्षोल्लासका साथ मनाऔं भन्ने मुल नाराका साथ पाँचौ संविधान दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।

सार्वभौमसत्ता जनतामा रहनेगरी २०७२ साल असोज ३ गते संविधानसभाले नेपालको वर्तमान संविधान जारी गरेको हो ।

नेपाली जनताले संविधानसभामार्फत आफ्नो संविधान आफै लेख्ने सौभाग्य प्राप्त गरेकोले संविधान दिवसलाई महत्वपूर्ण दिनको रुपमा मनाउन सरकारले आम नागरिकलाई आह्वान गरेको छ । संविधान दिवसको मूल समारोह अहिले विहान ९ बजेबाट सैनिक मञ्च टुडिखेलमा आयोजना हुँदै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस  तथा राष्ट्रिय दिवस २०७७ का अवसरमा आयोजित विशेष कार्यक्रममा देशवासीका नाममा विशेष सम्बोधन गर्नुहुने भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

सम्बोधनमार्फत उहाँले स्वदेश र विदेशमा रहेका नेपालीलाई शुभकामना दिनुहुने भएकाले  विगतमा अघिल्लो दिन प्रधानमन्त्रीले लिखित शुभकामना दिने क्रमभन्दा पृथक रहने जनाइएको छ ।

हिजो आज र भोली ३ दिनसम्म बिभिन्न कार्यक्रम गरी मनाइने संविधान दिवसका अवसरमा परिसम्वाद , जनचेतनामुलक कार्यक्रम जागरण गीत प्रसारण लगायतका कार्यक्रम आयोजना गरिदैछन् ।