अछाममा नौ वर्षीय बालक हत्याको आरोपमा एक जना पक्राउ

अछाममा नौ वर्षीय बालक हत्याको आरोपमा एक जना पक्राउ

अछाम: अछामको साँफेबगर नगरपालिका–९ बुढाकोट बस्ने नौ वर्षीय हिमाल बिकको हत्या भएको छ। हत्यामा संलग्न भएको आरोपमा सोही वडा बस्ने ४० वर्षीय गणेश सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

ईलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख तथा प्रहरी निरीक्षक नरपति भट्टका अनुसार मृतक बालकको मुख र टाउकोमा चोट लागेको छ। सुनारले किन बालकको हत्या गरे त्यो विषयमा केही नखुलेको प्रहरीले जनाएको छ।

हत्यामा संलग्न भनि पक्राउ परेका सुनारलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको इलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख भट्टले जानकारी दिनुभयो।

मृतक बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसैनमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।