महेन्द्रनगर जेसिजद्धारा संविधान दिवसको अवसरमा दिप प्रज्वलन

महेन्द्रनगर जेसिजद्धारा संविधान दिवसको अवसरमा  दिप प्रज्वलन

कंचनपुर । महेन्द्रनगर जेसिसले छैठौं संविधान दिवसको अवसरमा  दिप प्रज्वलन कार्यक्रम गरेको छ । शनिबार महेन्द्रनगरको दशरथ चन्द शालिकमा जेसिजले दिप प्रज्वलन गरेको हो । 
महेन्द्रनगर जेसिसका वर्ष २०२० का अध्यक्ष हरिश भट्टले संविधान दिवसको अवसरमा दिप प्रज्वलन गरेको बताए । लामो समयको संक्रमणकालिन अवस्थापछि देशले संविधान पाएको महत्वपूर्ण दिनको सम्झना स्वरुप दिप प्रज्वलन गरिएको अध्यक्ष भट्टले बताए।
महेन्द्रनगर जेसिजकी उपाध्यक्ष प्रनिता भट्टको संयोजकत्वमा गरिएको उक्त दिप प्रज्वलन कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको प्रमुख अथिती  रहेका थिए । दिप प्रज्वलन कार्यक्रममा जेसिसका पुर्व अध्यक्ष कृष्ण पाठक, प्रेमसिंह भाट, लक्ष्मण भट्ट लगायत अन्य  जेसिस पदाधिकारीहरुको सहभागीता रहेको थियो ।