ठानेर यो मौका मलाई नै आएर बसेको हो

ठानेर यो मौका मलाई नै आएर बसेको हो

ठानेर यो मौका मलाई नै आएर बसेको हो।
ऊ पहिले देखि राहदानी बनएर बसेको हो।

तिमीलाई के थाहा पानी पिएर बाच्ने कला,
तिमी त जहिले नि टन्न अघाएर बसेको हो।

इमानदारले त पाउने भनेकै सहानुभूति हो,
भ्रष्ट भएकै कारण तक्मा पाएर बसेको हो।

आज मात्रै होइन हिजो पनि यस्तै त थियो,
एकलव्यले नि अस्तित्त्व गुमाएर बसेको हो।

एक दिन तिम्रो नि पालो त कसो नआउला,
परिबन्दले नै आर्जुन चुरा लाएर बसेको हो।