भोजपुरमा ६ महीनापछि आजदेखि हवाई सेवा शुरू

भोजपुरमा ६ महीनापछि आजदेखि हवाई सेवा शुरू

भोजपुर। आजदेखि काठमाडौं-भोजपुर हवाई सेवा शुरू हुने भएको छ। कोरोना महामारीका कारण ११ चैतदेखि लागू लकडाउनसँगै बन्द भएको हवाई सेवा पुनस् नियमित हुन लागेको हो। 

तत्कालका लागि हप्तामा ३ दिन उडान हुने नेपाल वायु सेवा निगम भोजपुरका प्रमुख दिनेश सुन्दासले बताए। भोजपुर(बिराटनगर उडान भने अहिले सञ्‍चालन नगरिने उनले जानकारी दिए। 

काठमाडौंसम्मको उडानको लागि चार हजार ८०५ रूपैया निर्धारण गरिएको छ।

टक्सारस्थित विमानस्थलबाट नेपाल वायु सेवा निगमको जहाजले काठमाडौं र विराटनगरबाट उडान भर्दै आएको छ।