रोकीएको ट्रकमा एम्बुलेन्स ठोक्किदा ३ जना घाईते

रोकीएको ट्रकमा एम्बुलेन्स ठोक्किदा ३ जना घाईते

धनगढी ।

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-१ मा  रोकीएको ट्रकमा एम्बुलेन्स ठोक्किदा तीन जना घाईते भएका छन् ।  
डोटीबाट धनगढी आउँदै गरेको सुपप्र ०१००१ च २८७१ नम्बरको एम्बुलेन्स सडकमा रोकीएको ना ६ ख २२१५ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टका अनुसार घाईते हुनेमा डोटीको शिखर नगरपालिका वडा नम्बर ४ का ५० वर्षीया गौरीमाया महरा, ३६ वर्षीय नारायण महरा र २७ वर्षीय देवबहादुर महरा रहेका छन् ।   

घाइते  तीनै जनाको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचार भईरहेको भने चालक जयकिरन चौधरी भने समान्य घाईते भएका छन्।