नेपालगञ्ज कारागारका कोरोना संक्रमित कैदीको मृत्यु

नेपालगञ्ज कारागारका कोरोना संक्रमित कैदीको मृत्यु

बाँके– नेपालगञ्ज कारागारका कोरोना संक्रमित कैदीको मृत्यु भएको छ ।

कर्तव्य ज्यान मुद्दामा नेपालगञ्ज कारागारमा सजाय काटिरहेका सुर्खेत गुर्भाकोट नगरपालिका-४, सहारेका ५८ वर्षीय कैदीको आज बिहान ६.२५ बजे मृत्यु भएको हो।

सुर्खेत कारागारबाट नेपालगञ्ज सारिएका उनमा यही भदौ २१ गते कोरोना पुष्टि भएपछि २२ गतेदेखि भेरी अस्पतालमा भर्ना गरिएको थियो ।

भेरी अस्पतालले उपचारारत उनमा दम बढेपछि आज बिहान ६ बजेर २५ मिनेटमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।