बुङगलमा जेसीबी दुर्घटना हुँदा एक जनाको ज्यान गयो, तीन जना घाइते

बुङगलमा जेसीबी दुर्घटना हुँदा एक जनाको ज्यान गयो, तीन जना घाइते

 

 बझाङ: बुंगल नगरपालिकाको वडा नं १ दहबगरमा जेसीवी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ, भने तीन जना घाईते भएका छन ।  

आइतबार राति १२:३० बजे भएको जेसीबी दुर्घटनामा परि  बुङ्गल नगरपालिका १ भेरगडा बस्ने ३४ वर्षिय मानबहादुर बोहराको मृत्यु भएको हो । मृतक बोहरा महेन्द्र मा‍वि दहबगरको प्राथमिक तहका स्थायी शिक्षक हुन । त्यस्तै बुंगल नगरपालिका ९ देउलीकोटका जेसीवी चालक २४ वर्षिय महेश खडायत, बुंगल नगरपालिका १ दहबगर बस्ने २७ वर्षिय रामबहादुर बोहरा र सोही ठाउँ बस्ने ५० वर्षिय प्रताप धामी घाइते भएका छन् । घाइते तीनै जनालाई थप उपचारका लागि धनगढी पठाइएको ईलाका प्रहरी कार्यालय बुङगलले जनाएको छ ।

जेसीवी कालंगा हाइड्रो पावरले भाडामा लिएर सञ्चालन गरिरहेको बुझिएको छ । नगरपालिकाको वडा नं १ दहबगर किर्केट मैदान नजिक राती करिब १२:३० बजे लु १ क १२७८ नम्बरको जेसिबी सडक बाट करिब १०० मिटर तल खसेर दुर्घटनाग्रस्त भएको इलाका प्रहरी कार्यालय बुंगल नगरपालिका निरिक्षक नेत्रबहादुर बोहराले बताए ।

घटनाको थप अनुसन्धानका लागि घटनास्थलमा इलाका प्रहरी कार्यालय बुंगल नगरपालिका निरिक्षक नेत्रबहादुर बोहरा र जिल्ला प्रहरी कार्यालय चैनपुरबाट प्रहरी नायब निरिक्षक मदनसिंह धामी टोली खटिएको छ ।