सुशान्त आत्महत्या केस : सारा अली खान, श्रद्धा कपूर र रकुल प्रितसँग सोधपुछ हुँदै

सुशान्त आत्महत्या केस :  सारा अली खान, श्रद्धा कपूर र रकुल प्रितसँग सोधपुछ हुँदै

 बलिउड अभिनेता सुशान्त सिंह राजपूत केसमा अहिले सीबीआईले अनुसन्धान गरिरहेको छ ।

उनले गत १४ जूनमा बान्द्रास्थित आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए । त्यसपछि अहिले उनको आत्महत्या बारे अनुसन्धान भईरहेको छ ।

यसैबीच सुशान्त आत्महत्या केसको अनुसन्धान गरिरहेको एनसीबीले अब बलिउड अभिनेत्री सारा अली खान, श्रद्धा कपूर, सिमोन खम्भाटा र रकुल प्रितलाई नोटिस पठाउने भएको छ ।

उनीहरुलाई नोटिस पठाएर ड्रग्स मामिलाबारे अनुसन्धान अघि बढाउने बताइएको छ । सुशान्तकी गर्लफ्रेण्ड तथा बलिउड अभिनेत्री रिया चक्रवर्तीले यी ४ जनाको नाम लिएकी थिइन् ।

त्यसपछि ड्रग्स मामिलामा एनसीबीले अनुसन्धान थालेको हो ।