यौन क्षमता बढाउन खानुहोस् यी ९ खानेकुरा

यौन क्षमता बढाउन खानुहोस् यी ९ खानेकुरा

हरेक मानिस यौनको मामलामा क्षमतावान् रहन चाहन्छ । पार्टनरसहित आफैलाई सन्तुष्ट पार्ने उसको चाहना हुन्छ ।

तर कमजोर यौनक्षमताका कारण मानिसको यौन जीवन सन्तोषमय हुँदैन । यदि कमजोर यौन क्षमता विकास गर्न चाहनुहुन्छ भने यी वस्तुको सेवन निकै उपयोगी साबित हुनेछ ।

१.केरा: पोटासियम लवणको सबैभन्दा ठूलो श्रोत केरा हो । उच्च सोडियमयुक्त खानेकुराले शरीरमा पर्ने नकारात्मक असर घटाउँनुका साथै नुनको खराब असर घटाउँछ ।

धेरै नुनिलो खानेकुरा खानाले यौनांगमा रक्तप्रवाह घट्न गई यौनेच्छा तथा चरमोत्कर्षमा कमी आउँदछ । तर केराको सेवनले रक्त प्रवाहमा वृद्धि हुन्छ ।

२.दालचिनी : दालचिनीको सेवनले मानिसमा यौनेच्छा बढाउन तथा यौन क्षमतामा वृद्धि गर्न सहयोग गर्दछ । विशेषतस् पुरुषले चिया तथा कफीमा दाल चिनी मिसाएर खानु उत्तम हुन्छ ।

३.चकलेट: जोडीबीच उपहार दिइने चकलेटमा पनि यौन शक्तिको श्रोत मानिन्छ । चकलेटमा एन्टी अक्सिडेन्ट तत्व हुने भएकाले यो मुटुका लागि समेत उपयोगी हुन्छ । चकलेटको सेवनले शरीरबाट मूड जगाउने रसायनको उत्पादन गर्दछ । यसले यौनइच्छा बढाउँछ ।

४.खरबुजा: खरबुजामा एन्टी अक्सिडेन्ट तत्व पाइन्छ । खरबुजालाई यौनशक्तिको श्रोत मानिन्छ । यसको सेवनले यौनक्षमता वृद्धि गर्न ठूलो सहयोग गर्दछ ।

५.आलु: आलुमा प्रशस्त पोटासियम पाइन्छ । आलुको सेवनले पनि रक्तप्रवाह बढाउँछ । तसर्थ आलुको सेवन पनि यौन क्षमता बढाउन उपयोगी मानिन्छ ।

६.फर्सी: फर्सीको नियमित सेवनले यौन क्षमता बढ्ने गर्दछ । फर्सीको बियाँमा शरीरलाई आवश्यक ट्रिप्टो फ्यान नामकएमिने एसिड पाइन्छ ।

यसले मस्तिष्कमा सेरोटोनिन हर्मोन उत्पादन तथा शरीरमा त्यसको प्रशारण गर्न सहयोग गर्दछ । यसले पुरुषहरुमा यौन क्षमता वृद्धि गर्दछ ।

७.पालुंगो: पालुंगोको सेवनले यौनांगमा रक्तप्रवाह बढाउँदछ । यसको सेवनले मूड पनि राम्रो बनाउँछ । यसमा पाइने म्याग्ने सियम लगायतका लवणले रक्तनली सुन्निने समस्या पनि हटाइदिन्छ । रक्तप्रवाह बढ्दा मानिसमा यौन इच्छा तथा यौन क्षमता दुवैमा वृद्धि हुन्छ ।

८.खुर्सानी: खुर्सानीले इन्डोफिर्न हर्मोन सक्रिय पार्दछ । यसबाट शरीरमा पसिना छुट्ने र मुटुको गति बढ्ने गर्दछ । यसबाट यौन क्रिडाका लागि आवश्यक रक्तप्रवाह बढ्न जान्छ ।

९. ग्रीन टी: ग्रीन टीमा क्याटेचिन्स नामक यौगिक पाइन्छ । यसले पेटको बोसो गलाउने, कलेजोको क्षमता बढाउने तथा बोसोलाई उर्जामा बदल्ने काम गर्दछ । यो यौगिकले यौनांगमा रक्तप्रवाह बढाएर यौन इच्छामा वृद्धि गर्दछ ।