कोरोना संक्रमितको संख्याका हिसाबले नेपाल विश्वमा ५३ औं नम्बरमा

कोरोना संक्रमितको संख्याका हिसाबले नेपाल विश्वमा ५३ औं नम्बरमा

काठमाडौंः कोरोना संक्रमितको संख्याका हिसाबले नेपाल विश्वमा ५३ औं नम्बरमा रहेको छ। जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार विश्वका १८८ मुलुकमा हाल कोरोना संक्रमितको संख्या ३ करोड ११ लाख ८६ हजार छ भने ५३ औं नम्बरमा रहेको नेपालमा ६५ हजार २ सय ७६ संक्रमित रहेका छन्। विश्वमा हालसम्म ९ लाख ६२ हजार ३ सय ४३ कोरोना संक्रमितको मृत्यु भएको छ भने नेपालमा ४ सय २७ जनाको मृत्यु भएको छ। 

सार्क मुलुकमा नेपालभन्दा अगाडि भारत, बंगलादेश र पाकिस्तान रहेका छन्। दोस्रो नम्बरमा रहेको भारतमा ५४ लाख ८७ हजार ५ सय ८० जना संक्रमित भएका छन् भने ८७ हजार ८ सय ८२ जनाको मृत्यु भएको छ। 

यस्तै, बंगलादेश संक्रमितको संख्याका हिसाबले १५ औं नम्बरमा छ। त्यहाँ ३ लाख ५० हजार ६ सय २१ जना संक्रमित छन् भने ४ हजार ९ सय ७९ जनाको मृत्यु भएको छ। यस्तै, १८ औं नम्बरमा रहेको पाकिस्तानमा ३ लाख ६ हजार ३ सय ४ जना संक्रमित भएका छन् भने ६ हजार ४ सय २० जनाको मृत्यु भएको छ। 

अफगानिस्तान ६५ औं नम्बरमा छ। त्यहाँ ३९ हजार ७४ जना संक्रमित भएका छन् भने १ हजार ४ सय ४४ जनाको मृत्यु भएको छ। ९८ औं नम्बरमा रहेको माल्दिभ्समा ९ हजार ७ सय ७० जना संक्रमित र ३४ जनाको मृत्यु, १३४ नम्बरमा रहेको श्रीलंकामा ३ हजार २ सय ९९ जना संक्रमित र १३ जनाको मृत्यु भएको छ।

यस्तै, विश्वका १८८ मुलुकमध्ये १७१ औं नम्बरमा रहेको भुटानमा २ सय ६१ जना संक्रमित भएका छन्। त्यहाँ अहिलेसम्म १ जनाको पनि मृत्यु भएको छैन। 

विश्वमा सबैभन्दा पहिले कोरोना संक्रमण फैलिएको चीन भने ९० हजार ३ सय ७६ संक्रमितसँगै विश्वमा ४० औं नम्बरमा छ। -स्वास्थ्य खबर