न कतै भोक देखेछ सरकारले न पीडा सुनेछ

न कतै भोक देखेछ सरकारले न पीडा सुनेछ

न कतै भोक देखेछ सरकारले न पीडा सुनेछ।
न हिजोको भुमिका सम्झेछ न त गुन नै गुनेछ।

समाजवाद अनि समृद्धिको नारा सँगै चुनावमा
भन्न त हामीले नै भनेको हो खै न कोहि रुनेछ।

बिरोध गर्न पाइदैन गजबको लोकतन्त्र छ यहाँ,
गुनासो गर्ने अधिकार गुमायो कस्तो नेता चुनेछ।

मिलीजुली खानु पर्छ पख सबैको पालो आउछ,
उसको पालो सकिए समृद्धिले तिमीलाई छुनेछ।

सर्वहाराको सरकार हो उनी त उतै भेट्टिएलान्,
सामन्त खोज्नु परे आउनु धर्म सडक मै हुनेछ।