ललितवुरमा स्वाब नलिइ कोरोना रिपोर्ट नेगेटिभ आएपछी ?

ललितवुरमा स्वाब नलिइ कोरोना रिपोर्ट नेगेटिभ आएपछी ?

ललितपुरः कोरोनाको परीक्षणका लागि स्वाब संकलन नगरिकन नेगेटिभ रिपोर्ट आएको जानकारी पाएपछि एक व्यक्ति आश्चर्यमा परेका छन्। घटना ललितपुरको सातदोबाटोको हो। टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गत शुक्रबार पुगेका उनको आइतबार रिपोर्ट आयो। 
शुक्रबार बिहान ११ बजेतिर अस्पताल पुगेका उनले घाँटीमा अप्ठेरो भएको कारण ३० रुपैयाँमा टिकट लिएर डाक्टरलाई भेटेका बताए। डाक्टरले उनलाई कोरोना परीक्षण गर्न सुझाए। त्यसपछि उनले स्वाब संकलनको लागि किट लिए। तर अचानक महत्वपूर्ण कल आएकाले बाहिर निस्किनु पर्ने भयो। उनी स्वाब नदिइ बाहिरिए। उनी फर्केर अस्पताल जाँदा स्वाबको नमुना दिने ठाउँ बन्द भइसकेको उनले बताए। 

आइतबार पुनः अस्पताल जाने तयारीमा थिए, कोरोना नेगेटिभ भन्ने एस एम एस पो आयोु, उनले भने,  'म त आश्चर्यमा परेको छु। स्वाबै नदिइ कुन आधारमा रिपोर्ट पठाइयो ?' यसलाई अस्पतालको गम्भीर लापरबाहीको भएको उनको भनाइ छ। 'अस्पतालबाट फोन आउला, खोजी गर्ला जस्तो लागेको थियो। तर एकैचोटी रिपोर्ट पठायो।'

उक्त दिन स्वाब नदिएपछि कम्तिमा स्थगन लिस्टमा आफ्नो नाम आउँला भन्ने लागेको उनले बताए। तर स्वास्थ मन्त्रालयका प्रवत्ता डा जागेश्वर गौतमले कहिलेकाही प्रिन्टिङ र टाइपिङ मिस्टेक भएको हुन सक्ने जानकारी दिए। उक्त नमुनाका प्रमाण आफूलाई पठाइदिन आग्रह गर्दै उनले भने, 'के भएको रहेछ, चाडै  पत्ता लगाउँछौं, सिस्टमबाट खोजौंला।'

पछिल्लो समय कोरोना परीक्षण गर्दा प्राइभेट अस्पतालहरुले सरकारले तोकेको मूल्यभन्दा धेरै मूल्य लिन थालेका छन्। रिपोर्ट तुरुन्त चाहिने प्राइभेट अस्पताल  जान बाध्य छन्। कोरोना रिपोर्ट नेगेटिभ आएका व्यक्तिले भने, 'निशुल्क भएकाले त्यहाँ  गएको थिए।'

एक जना युवतीले गुनासो गर्दै भनिन् लोकसेवा आयोगको परीक्षामा सामेल हुन कोरोना नभएको रिपोर्ट चाहिने रहेछ। त्यसैले आइतबार बल्खु स्थित स्टार अस्पताल गएँ।  मलाई तुरुन्त रिपोर्ट लिएर सिन्धुली जानुपर्ने थियो। तर स्टार अस्पतालले ४४ सय रुपैयाँ लाग्ने जानकारी दिएपछि ज्वागलको बिध ल्याबमा स्वाब दिएँ । दुई हजार लियो। भनिन्, 'मनपरी रहेछ शुल्क पनि।'

दाङका पूर्ण प्रकाशले स्टार अस्पतालमा आइतबार स्वाब दिएको ४४ सय नै तिरें। बिदेश जाने सिलसिलामा रहेका उनले सरकारले तोकेको भन्दा धेरै मूल्य तिर्नु परेकामा ठगिएको महसुस भएको जनाए। 'तुरुन्तै चाहिने भएकाले गराउन बाध्य भएँ।'-अन्नपुर्ण पोष्टबाट साभार