के दैनिक व्यायाम गर्नु हुन्छ ? जानिराखौं लाभ उठाउन के, कति र किन खानुपर्छ !

के दैनिक व्यायाम गर्नु हुन्छ ? जानिराखौं लाभ उठाउन के, कति र किन खानुपर्छ !

अहिले धेरैलाईलाई तौल घटाउने चिन्ता छ । त्यही कारण हो, जिम धाउने । त्यसो त कतिपय आफ्नो स्वास्थ्यप्रति सचेत छन् र उनीहरुले  व्यायामलाई जीवनशैलीको एउटा हिस्सा बनाएका छन् ।

अक्सर तौल घटाउने चक्करमा कतिले व्यायाम त गर्छन्, त्यस अनुरुप खानपानमा भने ध्यान दिदैनन् । अझ उनीहरु आफ्नो खान्की कटौती गरिरहेका हुन्छन् । तर, डाइट र फिटनेस एकअर्काको पुरक हुन् । फिटनेसका लागि उचित आहार अपरिहार्य हुन्छ ।

हामी जे खान्छौ, त्यसको सोझो असर व्यायाममा पर्छ । र, त्यसको नतिजामा पनि । यदि व्यायामको पूर्ण लाभ उठाउने हो भने यो कुरामा पनि ख्याल गर्नुपर्छ कि, शरीरका लागि के, कति र कहिले खाने ?

व्यायाम गरेपछि सोहि अनुरुप आहार तालिका कायम गर्नुपर्छ । शरीरलाई आवश्यक पोषण ग्रहण गर्नुपर्छ । यदि त्यसो गरिएन भने व्यायामबाट अपेक्षित फाइदा मिल्दैन । बरु, कमजोरी महसुष हुन्छ । अन्या समस्या निम्तन सक्छ ।

अमलेट

अन्डा प्रोटिनको एकदमै राम्रो स्रोत हो । एउटा अन्डामा ७० क्यालोरी वा ६ दशमलव ३ ग्राम प्रोटिन पाइन्छ । मांशपेशी बलियो बनाउन एवं मसल्स बनाउका लागि प्रोटिनको सेवन अति आवश्यक हुन्छ । त्यसैले व्यायामपछि अन्डा सेवन गर्नुपर्छ, जो प्रोटिनको स्रोत हो । खासगरी धेरै किसिमका सब्जी मिसाइएर बनाएको अमलेट निकै उपयोगी हुन्छ ।

ओटमिल

व्यायामपछि ओटमिलको सेवन गर्नु राम्रो हो । किनभने, यसले ब्लड शुगरको प्रवाह विस्तारै-बिस्तारै गराउँछ । यदि चाहनुहुन्छ भने, त्यसमा फलफूल पनि मिसाउन सकिन्छ । फलफूल मिसाउँदा त्यसमा तरल पदार्थको मात्रा पनि बढ्छ । यसले गर्दा शरीर हाइड्रेट रहन्छ ।

केरा

केरामा भरपुर मात्रामा राम्रो कार्बोहाइड्रेट पाइन्छ, जो व्यायामपछि हाम्रो शरीरलाई आवश्यक हुन्छ । यो कार्बोहाइड्रेट शरीरमा ग्लाइकोजेनको स्तर बढाउन वा क्षतिग्रस्त मांसपेशी ठीक गर्न सहयोग गर्छ । यसले शरीरमा भरपुर मात्रामा पोटाशियम पनि दिन्छ ।

भेजिटेबल सेन्डविच

ब्राउन ब्रेडबाट बनेको भेजिटेबल सेन्डविच वा पनीर सेन्डविचमा कार्बोहाइड्रेडका साथसाथै भरपुर मात्रमा प्रोटिन पाइन्छ । यदि ननभेज खाने हो भने, त्यसमा एग वा चिकन पनि राख्न सकिन्छ । पिनट बटर सेन्डविच अर्को विकल्प हो ।

चकलेट मिल्क

प्रोटिन शेक वा स्वादिलो चकलेट मिल्क शेक पनि सेवन गर्न सकिन्छ । यसले मांशपेशी पुर्नस्थापनका लागि आवश्यक प्रोटिन, क्याल्सियम, सोडियम, कार्बोहाइड्रेट सबै हुन्छ ।

ड्राइ फ्रुटस्

कहिले कहिं हतारमा खानेकुरा मिलाएर खाने समय हुँदैन । त्यस्तो अवस्थामा एक मुठ्ठी ड्राइ फ्रुटस्से वन गर्न सकिन्छ । यसमा भरपुर मात्रामा प्रोटिन पाइन्छ ।

फ्रुटस् सलाद

ताजा फल स्वस्थ्यकर र सजिलै पच्ने कार्बोहाइड्रेट, मिनरल्स वा इन्जाइम पाइन्छ । इन्जाइम्स न्युटि्रएन्ट्सलाई ब्रेक गर्न मद्दत गर्छ, जसले व्यायामपछि थाकेको मांसपेशीले नयाँ जीवन प्राप्त गर्छ । अतः मौसमी फलले बनेको फ्रुटस् सलाद ग्रहण गरौ ।

घिउ

शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि घिउ महत्वपूर्ण हुन्छ । धेरैले सोच्छन् कि, घिउले मोटोपन बढ्छ । घिउमा फ्याटी एसिड पाइन्छ । यसले फ्याटलाई ब्रेक गर्छ । त्यसैले शारीरिक तागतका लागि दैनिक एक चम्चा घिउ खानुपर्छ ।

कहिले र कति खाने ?

कठिन व्यायाम गरिसकेपछि शरीरलाई रिकभर गर्नका लागि उचित मात्रामा पौष्टिक भोजन ग्रहण गर्नुपर्छ । इन्टरनेशनल सोसाइटी अफ स्पोट्र्स मेडिसिनका अनुसार व्यायाम लगत्तै थोरै कार्बोहाइड्रेट वा प्रोटिन लिनु फाइदाजनक छ । यदि तपाई मसल्स बनाउन चाहनुहुन्छ भने वर्कआउट सकिएको १५ मिनेटपछि २०-२५ ग्राम प्रोटिन र ३० देखि ३५ ग्राम कार्बोहाइड्रेट ग्रहण गर्नुपर्छ । यदि तौल घटाउन चाहने हो भने थोरै समयपछि सेवन गर्नुहोस् । तर, व्यायाम र खाना खाने समयको अन्तर ४५ मिनेटदेखि १ घण्टाभन्दा बढी हुनुहुँदैन ।