बलिउडमा ड्रग्स कनेक्सन : दीपिका पादुकोणको नाम पनि मुछियो

बलिउडमा ड्रग्स कनेक्सन : दीपिका पादुकोणको नाम पनि मुछियो

सुशान्त राजपुतको आत्महत्या प्रकरणको छानबिन गर्दै जाँदा बलिउडमा ड्रग्स कनेक्सनको खुलासा भयो । सुशान्तको प्रेमिका भनिएकी रिया चक्रवर्ती ड्रग्स प्रकरणमा मुछिएपछि बलिउडमा लहरो तान्दा पहरो नै थर्किने अवस्था आएको छ ।

चक्रवर्तीले सुशान्तलाई आत्महत्या गर्न बाध्य पारेको भन्दै एफआईआर परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । ड्रग्स कनेक्सनमा पछिल्लोपटक यस्तो नाम जोडिएको छ, जसले बलिउडमा ठूलै भूकम्प जाने स्थिति छ ।

विश्वास गर्नु हुन्न होला यसमा जोडिएको पछिल्लो नाम हो, नायिका दीपिका पादुकोणको  । यस प्रकरणको जाँच गरिरहेको एनसीबीले एउटा यस्तो ह्वाट्स एप च्याट भेटेको छ, जसमा दीपिका पादुकोणले ड्रग्सबारे कुराकानी गरेको देख्न सकिन्छ ।

चर्चा र अनुमान त  अन्य सेलिब्रिटीलाई लिएर पनि छ, तर नामै जोडिएको चाहिँ दीपिका सबैभन्दा चर्चित सेलिब्रिटी हुन् ।