महाराजगञ्ज क्षेत्रमा बिहान ६ घण्टा विद्युत अवरुद्ध

महाराजगञ्ज क्षेत्रमा बिहान ६ घण्टा विद्युत अवरुद्ध

काठमाडौँः काठमाडौँको महाराजगञ्ज वितरण केन्द्रबाट प्रदान गर्दै आएको विद्युत सेवा प्राविधिक कारणले बुधबार बिहान ६ घण्टा प्रभावित भएको छ।

विद्युतको तारलाई जमिन मुनी बिच्छ्याउने क्रममा प्राविधिक समस्या हुँदा महाराजगञ्जदेखि टोखा प्रहरीबिट सम्मका क्षेत्रमा विद्युत प्रभावित भएको हो।

राति १ बजेदेखि बिहान ७ बजेसम्म प्रभावित भएको विद्युत सेवा अहिले भने सुचारु भइसकेको प्राविधिक विष्णु श्रेष्ठले बताए।

उनका अनुसार राति ३ बजे नै आंशिक रुपमा विद्युत सेवा सुचारु भएको थियो भने बिहान ७ बजेबाट पूर्ण क्षमतामा विद्युत सेवा सुचारु भएको छ।

नेपाल विद्युत प्राधिकरणले काठमाडौँका विभिन्न क्षेत्रमा अहिले जमिनमुनीबाट विद्युतका तार बिच्छ्याउने कार्य गरिरहेको छ।