गएराति दुर्घटनामा परी दुईको मृत्यु, तीन घाइते

गएराति दुर्घटनामा परी दुईको मृत्यु, तीन घाइते

गएराति काठमाडौं उपत्यकामा भएका छुट्टाछुट्टै दुर्घटनामा  दुई जनाको मृत्यु भएको छ । काठमाडौं र भक्तपुरमा भएका दुर्घटनामा दुई जनाको मृत्यु भएको हो । अन्य ने तीनजना घाइते छन् । 
प्रहरीका अनुसार गएराति गोगंबुमा बसले पैदल यात्रुलाई ठक्कर दिँदा कपनका ४५ वर्षीय शंकर पन्तको मृत्यु भएको हो । गोगंबु बसपार्क गेटबाट छुटेको बा ४ ख ३८५० नम्बरको बसले करिब आठ बजेतिर ठक्कर दिँदा घाइते भएका  उनको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

बसको ठक्करले घाइते भएका धादिङ १४ वर्षीय बालकको भने उपचार भइराखेको छ । पैदल यात्रुलाई ठक्कर दिएर फरार भएका बस चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

त्यसैगरी भक्तपुरको सूर्यविनायन नगरपालिका ५ को घताले चोकमा मोटरसाइकल दुर्घटना हुँदा रामेछापका २० वर्षीय अनिस श्रेष्ठको मृत्यु भएको छ । 

बा ७३ प ४१६१ नम्बरको मोटारसाइकल पल्टिँदा गम्भीर घाइते भएका श्रेष्ठको न्यूरो अस्पताल बाँसबारीमा उपचारको क्रममा मृत्यु भएको हो । 

मोटरसाइकल दुर्घटनापछि उनको उद्धारका लागि जाँदै गरेको भे ६ प ५०७ नम्बरको मोटरसाइकल पल्टिदा इलामका उज्वल राई र सुजल गहतराज घाइते भएका छन् ।