कञ्चनपुर प्रहरीद्वारा अवैध समान बरामद

कञ्चनपुर प्रहरीद्वारा अवैध समान बरामद

असोज ०८,कञ्चनपुर । कञ्चनपुरमा बाह्रलाख बराबरको अवैध समान कञ्चनपुर प्रहरीले बुधबार बरामद गरेको छ।  जिल्लाको  बेदकोट नगरपालिका वडा नं. ७ बसन्तपुर स्थित सडक खण्डमा चेकजाँच गर्दा उक्त समान बुधबार  रातिको ९ बजे  बरामद गरिएको प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए ।     प्रहरीलाई आएको गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ति टोलिले म १ च ३०१ नम्बरको सेतो रङ्गको बोलेरो जिपमा काठ लुकाई छिपाई ल्याउदै गरेको समान बरामद गरेको हो । उक्त टोलिले  कञ्चनपुर बेदकोट नगरपालिका ५ बस्ने बर्ष २५ को घनश्याम पन्त र शुक्लाफाँटा नगरपालिका ८ बस्ने बर्ष  २२ का मोहन बोहराबाट ५ फिट १ ईन्च लम्बाई ३ ईन्च उचाई र ४ ईन्च चौडाई भएको सालको जस्तो देखिने काठ कडी थान १५  काठ र बोलेरो जिप गरी बाह्र  लाख तिस हजार बराबरका समानहरु बरामद गरी  आवश्यक कारवाहीको लागि बन डिभिजन कार्यालय कञ्चनपुर पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।