जुवा खेलीरहेको अवस्थामा २ लाख बढी  नगदसहित कञ्चनपुरमा १९ जना पक्राउ

जुवा खेलीरहेको अवस्थामा २ लाख बढी  नगदसहित कञ्चनपुरमा १९ जना पक्राउ

महेन्द्रनगर। कञ्चनपुरको शुक्लाँफाटा नगरपालिका ११ लोहरपुस्थित  प्रहरीले जुवा खेलीरहेको अवस्थामा नगद २ लाख ४४ हजारसहित १९ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ। 
स्थानीय डबल बहादुर ऐरको एक तले खाजा घरबाट गएराती करिब १० बजेतीर  नगद २ लाख ४४ हजार एक सय ८० रुपैयाँ सहित १९ जना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
विशेष सूचनाको आधारमा राती साढे बजे उनीहरुले नगद पैसासहित जुवा खेलिरहको अवस्थामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपि अमर बहादुर थापाले जनाएका हुन ।  

उनले नियन्त्रणमा लिएको सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको बताए। उनीहरुमाथी जुवा ऐन अन्तर्गत कारवाहि हुने उनको भनाई छ।