सुदूरपश्चिममा पनि राष्ट्रिय परिचय पत्र वितरणका लागि छलफल सुरु

सुदूरपश्चिममा पनि राष्ट्रिय परिचय पत्र वितरणका लागि छलफल सुरु

धनगढी : सुदूरपश्चिममा पनि राष्ट्रिय परिचय पत्र वितरणका लागि छलफल सुरु गरिएको छ । राष्ट्रिय परिचय पत्र वितरणको जिम्मा पाएको राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागले त्यसका लागि छलफल सुरु गरेको हो । 

त्यसका लागि शुक्रवार धनगढीमा विभागले प्रदेश स्तरीय छलफल समेत गरेको छ । दोस्रो चरण अन्तर्गत सुदूरपश्चिमका दुई जिल्ला कञ्चनपुर र अछाममा राष्ट्रिय परिचय पत्र वितरणका गर्नका लागि छलफल सुरु गरिएको राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका महानिर्देशक दिपक काफ्लेले बताए । 

दोस्रो चरणमा सुदूरपश्चिमका कञ्चनपुर र अछाम जिल्लामा राष्ट्रिय परिचय पत्र वितरण गरिने उनले बताए । 

त्यसका लागि प्रदेशस्तरीय छलफल थालेको विभागले केही दिनमा जिल्लामा गएर छलफल गर्ने र त्यसपछि तथ्याङक सकलनको कार्य सुरु गरेर चालु आर्थिक वर्ष २०७५÷७५ मा परिचय पत्रवितरण गर्ने तयारी थालेको हो ।

उक्त परियच पत्रको नम्बर बाहेक अन्य सम्पूर्ण विवरण परिवर्तन गर्न पाईने भएकाले सुचनाको गोपनियता र सुशासनमा टेवा पुग्ने र आम नागरिकलाई सेवा लिन र दिन सजिलो हुने अपेक्षा लिईएको छ । 

राष्ट्रिय परिचय पत्र वितरणपछि एक व्यक्ति एक परिचय पत्र हुने छ । त्यसले झुटा विवरण पेशगरि राज्यबाट दोहोरोसुविधा लिने प्रवृतिको अन्त्य हुने सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले बताए । 

सरकारले पहिलो चरण अन्तर्गत पाचथरबाट मसिर ३ गतेदेखि राष्ट्रिय परिचय पत्र वितरणको कार्य थालनी गरेको थियो ।