दार्चुलामा नेपाल प्रहरीका सई मृत फेला

दार्चुलामा नेपाल प्रहरीका सई मृत फेला

दार्चुला । दार्चुलामा एक जना नेपाल प्रहरीका प्रहरी नायव निरिक्षक (सई) मृत फेला परेका छन्। मृतफेला पर्नेमा प्रहरी नायव निरिक्षक धुर्ब रावल रहेका छन् ।

उनि शुक्रबार बिहान ४ बजे सदरमुकाम बंगाबगडस्थित जयदुर्गा भवानी होटलको शौचालयमा लडेर मुखबाट रगत बगेको अवस्थामा भेटिएका थिए।  उनलाई जिल्ला अस्पताल पुगाउँदा डाक्टरले मृत घोषणा गरेको जनईएको छ । 

घटनाबारे आज विहान होटल मालिकले प्रहरीलाई खबर गरेपछि अस्पताल लैजाँदा रावलको मृत्यु भइसकेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्याल दार्चुलाका प्रमुख तथा प्रहरी नायव उपरिक्षक पदमबहादुर विष्टले बताए।