अब इन्स्टाग्राम रिल्समा ३० सेकेण्ड सम्मको भिडियो बनाउन सकिने

अब इन्स्टाग्राम रिल्समा ३० सेकेण्ड सम्मको भिडियो बनाउन सकिने

अब इन्स्टाग्राम रिल्समा ३० सेकेण्ड सम्मको भिडियो बनाउन सकिने सकिने भएको छ । टिकटकको जस्तै फिचर भएको इन्स्टाग्राम रिल्सले योसँगै तीन ओटा नयाँ फिचरहरु ल्याएको हो । 

यो भन्दा अगाडी रिल्समा १५ सेकेन्डको भिडियो मात्रै बनाउन पाइन्थ्यो । प्रयोगकर्ताहरुले अब टाइमर पनि १० सेकेन्डको राख्न सक्नेछन् र भिडियोलाई ट्रिम वा डिलिट गर्ने विकल्प पनि पाउनेछन् । 

रिल्सलाई प्रयोगकर्ताहरुको प्रतिक्रिया अनुसार अझै राम्रो बनाइरहेको कम्पनीको भनाई छ । यी अपडेटहरुले प्रयोगकर्ताहरुलाई सजिलै सँग भिडियो बनाउन र इडिट गर्नमा मद्दत पुर्‍याउने छ । 

इन्स्टाग्राम प्रयोगकर्ताहरुले तल्लो पट्टिको क्यामेरा आइकनको माध्यमले रील्स बनाउन सक्दछन् । साथै भिडिमा फिल्टर हाल्न र एआर इफेक्ट पनि हाल्न सकिन्छ । 

टिकटक जस्तै यसमा पनि स्पीड टाइमरको अप्सन हुन्छ जसले गर्दा भिडियो स्लो वा अरु स्पीडमा बनाउन सकिन्छ । रिल्सलाई इन्स्टाग्रामको फीडमा वा स्टोरीमा पनि हाल्न पनि सकिन्छ ।