पहिलो नजरमै यो दिलमा डेरा जमाएर बस्यौ

पहिलो नजरमै यो दिलमा डेरा जमाएर बस्यौ

पहिलो नजरमै यो दिलमा डेरा जमाएर बस्यौ।
अन्दाज नै भएन सुटुक्क कहिले आएर बस्यौ।

यसर्थ त्यो मार्गको यात्रा स्मरणीय रह्यो मलाई ,
गुलाफ दिनेलाई जवाफ काँडा बिछाएर बस्यौ।

म शत्रुता मित्रता झैँ हुनुपर्छ भन्ने विश्वासमा रहे
तिमी मित्र बनेर दुस्मनको मजा चखाएर बस्यौ।

हजुरको इमान्दारीताको त्यो दृश्य पनि देखियो,
आश्रय लिएकै घरका ती भित्ता जलाएर बस्यौ।

दृष्टिदोषको समस्या देखियो सायद ती आँखामा 
तारा टिप्ने बालापन जवानी सम्म सजाएर बस्यौ।

सम्बन्ध लिलामी धन्दा र ब्यापार झैँ सम्झिएछौ,
मित्रतामा आशंकाको विजारोपण गराएर बस्यौ।