कर्म बिना यो जीवन अर्थहीन बन्दै जानेछ

कर्म बिना यो जीवन अर्थहीन बन्दै जानेछ

कर्म बिना यो जीवन अर्थहीन बन्दै जानेछ।
सकेजती केर्नु र जीवन रङ्गिन बन्दै जानेछ।

त्यो दिन अवश्य महसुस हुनेछ तिमीलाई नि,
अभावमा प्रेमको जीवन मेसिन बन्दै जानेछ।

संघर्ष नै जीवन रहेछ हार्नु हुदैन अप्ठेरो संग,
आउँदो जीवन त्यसैमा तल्लीन बन्दै जानेछ।

भाग्यले होइन कर्मले विजयी ध्वज गाडिन्छ,
तिम्रै पक्षमा माहोल यो हर-दिन बन्दै जानेछ।

जब आफ्नाहरूको घातबाट पराजित हुनेछौ,
बल्ल बुझ्दै गर्नु आशंका यकिन बन्दै जानेछ।