लगातार घटेको सुनको मूल्य फेरि बढ्यो, तोलाको कति ?

लगातार घटेको सुनको मूल्य फेरि बढ्यो, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य शुक्रवार बढेको छ । लगातार तीन दिनदेखि घटेको सुनको मूल्य भने सामान्य महँगिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा आठ सयले बढेको छ । जसअनुसार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार नौ र तेजाबी सुनको मूल्य ९३ हजार चार सयमा कारोबार भयो ।

पछिल्लो तीन दिनमा सुनको मूल्य चार हजार एक सयले सस्तो भएको थियो ।सुनको मूल्य बढ्दा शुक्रवार चाँदीको मूल्य पनि बढेको थियो । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा बढेर शुक्रवार प्रतितोला ११ सय ६० मा कारोबार भएको थियो । उक्त मूल्यमा आजसमेत केहि घटवढ हुने सक्ने जनाइएको छ ।