कञ्चनपुरमा जुवा खेलाउने सहित १९ जना प्रहरीको नियन्त्रणमा

कञ्चनपुरमा जुवा खेलाउने सहित १९ जना प्रहरीको नियन्त्रणमा

असोज १०,कञ्चनपुर।
कञ्चनपुरमा जुवा खेलाउने सहित १९ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका ११ लोहारपुर बस्ने डबल बहादुर ऐरले संचालन गरेको डबल खाजाघर बाट उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उक्त खाजाघरमा  जुवातास भईरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोलि खटाईएको थियो ।  बुधबार रातीको १२ बजे खाजाघरमा कानुन बमोजिम खानतलासी गर्दा जुवा खेलमा संलग्न १९ जना ब्यक्तिहरुलाई दुई लाख चौवालिस हजार एक सय अस्सी रुपैया सहित र १३ बुक  तासको गड्डी  नियन्त्रणमा लिईएको प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए ।

पक्राउ पर्ने हरुमा शुक्लाफाँटा न.पा. वडा नम्बर ११ बस्ने २८  वर्षीय एकिन्द्र सुनार, ३६ वर्षीय बिक्रम भण्डारी र ३२ वर्षीय बालकृष्ण राना , वडा नम्बर १० बस्ने ३३ वर्षीय ज्ञानु ऐर र ४० वर्षीय गगन ऐर, वडा नम्बर ४ बस्ने ३० वर्षीय भिम ठगुन्ना,
वडा नम्बर १ बस्ने ३३ वर्षीय शुवर्ण बिष्ट, वडा नम्बर ९ बस्ने  ३५ वर्षीय जय ब. ऐर,
वडा नम्बर ७ बस्ने २४ वर्षीय बिनोद बिष्ट र २७ वर्षीय हरिश जोशी रहेका छ्न भने कृष्णपुर न.पा. ४ बस्ने  २७ वर्षीय खगेन्द्र बोहरा र ३३ वर्षीय बिष्णु प्रशाद भट्ट, जिल्ला कैलाली गोदावरी न.पा. १ बस्ने  ३३ वर्षीय मिन गुरुङ र २७ वर्षीय सुरज बुढा, वडा नम्बर २ बस्ने २८ वर्षीय प्रकाश बोहरा,३२ वर्षीय बिक्रम सिहं , ३० वर्षीय घनश्याम खत्री,३३ वर्षीय नरेश रोकाया र
वडा नम्वर ३ बस्ने  ३१ वर्षीय भुपेन्द्र पण्डित रहेका छ्न ।

पक्राउ परेकाहरुलाई मुलुकी अपराध संहिता २०७४ बमोजिम जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुर अन्तर्गत म्याद थप गरी अनुसन्धान भईरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।