सुशान्त मृत्यु प्रकरण : अभिनेत्री दीपीका, श्रद्धा र सारासँग सोधपुछ हुँदै

सुशान्त मृत्यु प्रकरण : अभिनेत्री दीपीका, श्रद्धा र सारासँग सोधपुछ हुँदै


बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणमा नारकोटिक्स कन्ट्रोल ब्यूरोले बलिउडका तीन अभिनेत्रीसँग शनिबार सोधपुछ गर्दैछ । 

ड्रग्स एंगलको जाँच गरिरहेको ब्यूरोले शनिबार अभिनेत्री दीपिका पादुकोण, श्रद्धा कपूर र सारा अली खानसँग सोधपुछ गर्न लागेको हो । 

भारतीय संचार माध्यमका अनुसार ब्यूरोले शुक्रबार अभिनेत्री रकुल प्रीत सिंह र दीपिकाको म्यानेजर करिश्मा प्रकाशसँग सोधपुछ गरेको थियो । 

एनसीबीले आजै करिश्मा प्रकाशसँग सोधपुछ गर्न सक्नेछ । उनीहरुसँगै एनसीबीले धर्मा प्रोडक्सनका निर्देशक क्षितिज रवि प्रसाद र अनुभव चोपडासँग पनि सोधपुछ गरेको थियो । 

सुशान्तको मृत्यु प्रकरणमा ड्रग्सको प्रयोगको घटना बाहिर आएपछि एनसीबीले बलिउड ड्रग नेक्ससको जाँच गरिरहेको छ । ब्यूरोले जाँचमा केही बलिउड कलाकारले ड्रग्स किन्ने गरेको पाइएको छ । 

यसअघि नारकोटिक्स कन्ट्रोल ब्यूरोले ८ सेप्टेम्बरमा रिया चक्रवर्तीलाई ड्रग्सको घटनामा पक्राउ गरेको थियो । रियाका भाइ सोविक चक्रवर्तीसँग पनि यसबारेमा सोधपुछ भइसकेको छ।