यूक्रेनमा सैन्य विमान दुर्घटना हुँदा २२ को मृत्यु

यूक्रेनमा सैन्य विमान दुर्घटना हुँदा २२ को मृत्यु

यूक्रेनमा एक सैन्य विमान दुर्घटना हुँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ। एन्टोनिभ-२६ नामक उक्त विमान यूक्रेनको पुर्वी शहर खार्किभमा अवतरणका क्रममा दुर्घटना भएको हो। विमानमा खार्किभ एयर फोर्स विश्वविद्यालयका विद्यार्थी सवार थिए।

विमानमा २७ जना सवार रहेको त्यहाँको आपतकालिन मन्त्रालयका अधिकारीहरुले जनाएका छन। दुई जना गम्भीर घाइते भएका छन भने बाँकी तीनको खोजी कार्य जारी रहेको बीबीसीले जनाएको छ। दुर्घटनाको कारण अझै पत्ता लागिसकेको छैन।