श्रद्धा कपुर पनि ड्रग प्रकरणमा बयानका लागि उपस्थित

श्रद्धा कपुर पनि ड्रग प्रकरणमा बयानका लागि उपस्थित

बलिउड अभिनेत्री श्रद्धा कपुर पनि ड्रग प्रकरणमा बयानका लागि नार्कोटिक्स कन्ट्रोल ब्युरो ९एनसीबी० को कार्यालय पुगेकी छन् ।

यस अघि आजै दीपिका पादुकोण ड्रग प्रकरणमा बयानका लागि पुगिसकेकी छन् भने उनको अहिले बयान जारी रहेको भारतीय मिडियाहरुले बताएका छन् ।

श्रद्धा कपुर ड्रग प्रकरणमा ह्वाट्सएप च्याट बाहिरिने अभिनेत्री मध्ये एक हुन् । उनले सुशान्तसँगै ड्रग लिने गरेको खुलासा पछि एनसीबीले बयानका लागि बोलाएको थियो ।  

ड्रग प्रकरणमा आफ्नी म्यानेजरसँगको ह्वाट्सएप च्याट बाहिरिएपछि दीपिका, श्रद्धासहित अभिनेत्री सारा अली खान, रकुल प्रित सिंहलाई एनसीबीमा बयानका लागि उपस्थित हुदै छन् ।

अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु पछि छानबिनको क्रममा ड्रग कनेक्सनको खुलासा भएपछि अहिले बलिउडमा ड्रगको कनेक्सनमा एजेन्सीहरु छानबिनमा जुटेका छन् ।

अभिनेत्री रिया चक्रवर्तीसहित सेलिब्रेटीहरुका पूर्व म्यानेजरहरुको गिरफ्तारी र उनीहरुको च्याट बाहिरिएपछि एक पछि अर्को सेलिब्रेटीको नाम खुलासा भइरहेको छ ।

यस प्रकरणमा अहिलेसम्म विभिन्न ड्रग सप्लायर्ससहित २० जनालाई हिरासतमा लिएको बताइएको छ ।