चोथो लालझाडी टि - ट्वान्टी कप क्रिकेट प्रतियोगिता पुस १६ गते देखी

चोथो लालझाडी टि - ट्वान्टी कप क्रिकेट प्रतियोगिता पुस १६ गते देखी

कञ्चनपुर : कञ्चनपुरको दक्षिणी भेगमै सर्वा्धिक धन राशीको चोथो लालझाडी कप टि ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु हुने भएको छ।

जिल्लाको दक्षिणी भेगको पुनर्वास स्थित लालझाडी युवा क्लव-११ को आयोजनामा  पुनर्वास नगरपालिका- ११ स्थित राष्ट्रिय माविको खेल मैदानमा पुस १६ गते देखी  खेल सञ्चालन हुने भएको छ ।

पुष २३ गते सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा १६ टिमको सहभागिता रहने क्लबले जनाएको छ ।

प्रतियोगिताको बिजेताले  ७० हजार साथमा  टफी, उप विजेताले ३५ हजार  टफी, म्यान अफ द सिरीज १ जनालाई ७ हजार, उत्कृष्ट ब्याट्सम्यान,वलर, फिल्डर र विकेट किपर लाइ जनहि ५-५ हजार पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष काशीराम बोहराले जानकारी दिनुभयो ।

यस्तै म्यान अफ द म्याच हुने खेलाडिले १ हजार नगद  पाउने जनाएको छ । पुनर्वासमा सर्वा्धिक महत्वको मानिएको लालझाडी कपको  मुख्य प्रायोजक सुदूरपश्चिमाञ्च्ल एकेडेमी र सहप्रायोजक लिटिल फ्लावर बोडिङ्ग स्कुल रहेको आयोजकले जानकारी दिएको छ ।